१० भदौ, चितवन ।
हिरासतमा रहदा आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाईते भएकाहरुलाई भेट्न टेलिभिजन प्रस्तोता रवि लामिछाने अस्पताल पुगेका छन् ।
भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाईतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
रविसँगै तीन लाख धरौटीमा छुटेका युवराज कँडेलपनि अस्पताल पुगेका थिए । रवि लामिछाने निर्दाेष रहेको दाबीसहित जनप्रदर्शन चर्किँदा केही घाइते भएका थिए। उनीहरुको अहिले उपचार भइरहेको छ ।
रवि लामिछानेले सोमबार भएको प्रदर्शनपछि पक्राउ परेकाहरुसँग पनि भेट गरेका छन् । यसअघि उनले चितवनमा पत्रकार सम्मेलन समेत गरेका थिए ।

