कांग्रेस जनसरोकारका विषयमा मौन बसेको छैनःप्रकाशमान सिंह

९ भदौ ७६, मंगलबार

१० भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको अलोकप्रियताका कारण जनतामा वितृष्णा बढ्दै गएको बताएका छन् ।

सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको भनाइ छ । यसको परिणाम दुभाग्यपूर्ण हुने भन्दै उनले सतर्क रहन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।

नेपाली महिला आन्दोलनकी अग्रणी नेतृ तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा आज काठमाडौको शोभा भगवतीमा रहेको शालिकमा माल्यापर्ण गर्दे उनले कांग्रेस जनसरोकारका विषयमा मौन नबसेको दाबी गरे । यद्यपि, उनले जनअपेक्षा अनुरूप उत्रन नसकेको भने स्वीकारे ।

Advertisement

‘जनसरोकारका विषयमा कांग्रेस मौन बस्यो भन्नु सही होइन, हामी आवाज उठाइरहेका छौं’, उनले भने, ‘तर जति हुनुपर्ने त्यो नभएको हुनसक्छ ।’
भ्रष्टाचार नियन्त्रण भाषणमा मात्र सिमित भएको भन्दै उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोपसमेत लगाए ।

सरकारले गरेका गलत कामको नेपाली काँग्रेसले संसदीय मर्यादामा रहेर प्रतिवाद गरेको उनको भनाई थियो ।

Advertisement

सिंहले मंगलादेवी सिंहको योगदान र उनले देखाएको बाटोबाटै नेपाली महिला आन्दोलन सफल भएको दावी गरे । मंगलादेवी नेपाली महिला आन्दोलनकी अग्रणी मानिन्छन् । उनी कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी श्रीमती तथा नेता प्रकाशमान सिंहकी आमा हुन् ।

कार्यक्रममा शोभा भगवतीमा रहेको लौह पुरुष गणेशमान सिंह र मंगलादेवी सिंहको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top