६ मंसिर , काठमाण्डौ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली उडे ।

प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्च सरकारी अधिकारी, सल्लाहकार, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसमेत गरी ३५ जना सहभागी ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम ।
वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने ।
भ्रमणका अवसरमा दुई देशबीच ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गरिने ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रसमेत आदानप्रदान हुने ।
प्रधानमन्त्री शाहले भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम ।
भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत भ्रमणबारे जानकारी दिने ।



