२७ ओभरमा ४ विकेटको क्षतिमा क्यानडा

१ फागुन ७४, बुधबार

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध चौथो सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २- २ विकेट लिएका छन्।

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा दोस्रो सफलता हात पारेको थियो।

Advertisement

नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए।

गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडियो।

Advertisement

यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरेका छन्। यस्तै सन्दीपलेनै धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहँदा एलबिडब्लुको धरापमा पारे।

यस्तै २६औं ओभरको चौथो बलमा रेग्मीले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। रेग्मीले नवनित धालिवाललाई ४ रनमा विकेट किपर दिलिप नाथको हातबाट क्याच गराए।

टस हारेर पहिले ब्याटिङ गरिरहेको क्यानडाका लागि ओपनर विजयरत्ने र हमाज तारिक ब्याटिङ गरिरहेका छन्।

क्यानडाले २७  ओभरमा ४ विकेटको क्षतिमा ९२ रन जोडेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top