नेपाललाई पाँचौ सफलता, करन केसीले लिए विकेट

१ फागुन ७४, बुधबार

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध सातौ सफलता हात पारेको छ।

नेपाललाई आठौं सफलता बसन्त रेग्मीले दिलाएका हुन्। यो सँगै रेग्मीले प्रतियोगितामा तीन विकेट लिइसकेका छन्।

यसअघि सन्दीप लामिछानेले २ तथा  करण केसी र सरद भेषवाकरले १- १ विकेट लिएका थिए।

Advertisement

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा दोस्रो सफलता हात पारेको थियो।

नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए।

Advertisement

गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडियो।

यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरेका छन्। यस्तै सन्दीपलेनै धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहँदा एलबिडब्लुको धरापमा पारे।

यस्तै २६औं ओभरको चौथो बलमा रेग्मीले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। रेग्मीले नवनित धालिवाललाई ४ रनमा विकेट किपर दिलिप नाथको हातबाट क्याच गराए।

यस्तै ३५औं ओभरको तेस्रो बलमा हजाम तारिकलाई करण केसीले आरिफ शेखको हातबाट क्याच गराए।

यस्तै ४१औं ओभरको पहिलो बलमा भेषवाकरले साड बिन जाफरलाई एलबि डब्लुको धरापमा पारे।

४२ औं ओभरको दोस्रो बलमा बसन्त रेग्मीले क्यनडाका दत्तलाई रन आउटको सिकार बनाए।

४४औ ओभरको तेस्रो बलमा रेग्मीले हेलिगरलाई शून्यमा आउट गरेका हुन्।

टस हारेर पहिले ब्याटिङ गरिरहेको क्यानडाका लागि ओपनर विजयरत्ने र निखिल दत्त ब्याटिङ गरिरहेका छन्।

क्यानडाले ४४.३ ओभरमा ८ विकेटको क्षतिमा १६१ रन जोडेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top