धरान, फागुन ५
देशकै सबै भन्दा बढी धावकहरु सहभागि रहेको धरान रन छैठौ नेवा च्यारिटी एट के रनको खुला प्रतिष्पर्धामा भारतीय सेनामा कार्यरत बाग्लुङका धावक तीर्थ पुन प्रथम भएका छन् ।
धरानमा आज आयोजित धरान प्रतियोगितामा ८ किलोमिटरको दुरी २६ मिनेट ४६ सेकेण्डमा पुरा गरेर पुन तेस्रो पटक प्रथम भएका हुन् ।
त्यसै गरि नेपाली सेनाका हरि रिमाल २७ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र सेनाकै टिकाराम कटुवाल २७ मिनेट १३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन ।
यसैगरि, महिला खुला तर्फ ३१ मिनेट ४८ सेकेण्डमा ८ किलोमिटर दुरी पार गर्दै कान्छीमाया कोजु प्रथम, सन्तोषी श्रेष्ठ दोस्रो र फुलमणी राणा तेस्रो भएकी छिन । खुला पुरुष तथा महिला तर्फका प्रथम, दोस्रो र तेस्रो विजेता खेलाडीहरुले क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार सहित मेडल प्राप्त गरेका छन ।
पुरस्कार वितरण समारोहमा एभरेस्ट दौड प्रतियोगिताको ३ पटकका विजेता तथा म्याराथुनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल धावक हरि रोकायालाई सम्मान पनि गरिएको थियो । प्रतियोगितामा २५ सय धावकहरु सहभागी भएका थिए ।