×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ज्ञानेन्द्र शाहीमाथि हातपात, प्रहरीद्वारा उद्धार

२९ भाद्र २०७६

२९ भदौ, ललितपुर । शनिवार धनगढीमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार र सो घटना किन भयो भनेर आइतबार पत्रकार सम्मेलन गर्दै गर्दा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ ।

ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा आइतबार १ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित केही व्यक्तिहरुले शाहीमाथि हातपात गरेका हुन् । ज्ञानेन्द्र शाहीलाई पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुले सोधेको प्रश्नमा जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको हो ।

Advertisement
Advertisement

ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे । बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाईं कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए ।

आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गरेको छ ।

ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार सुरक्षा खतरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा राखिएको छ । राईका अनुसार शाहीको सुरक्षाका लागि पत्रकार सम्मलेनमा प्रहरी खटाइएपनि आयोजकले प्रहरीलाई भित्र पस्न नदिएको कारण घटना घट्न पुगेको बताए । सुरक्षा स्थिति हेरेर शाहीलाई छाडिने पनि प्रहरीले जानकारी दिएको छ ।

अधिवक्ता सुरेन्द्र भण्डारीले भने पत्रकार सम्मेलनमा उपस्थित योगेश भट्टराईनिकट कार्यकर्ताको झुण्डले शाहीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । शाहीको उद्धारपछि भएको पत्रकार स्ममेलनमा बोल्दै अधिवक्ता भण्डारीले यस घटनामा पर्यटनमन्त्री भट्टराईले माफी नमागे आफूहरुले राजीनामा माग गर्ने पनि बताए ।

Advertisement

भण्डारीका अनुसार प्रहरीले गुण्डागर्दी शैलीमा शाहीलाई पक्राउ गरी लगेको छ । तर शाहीको उद्धारपछि सञ्चारकर्मीसँग बोल्दै घटनास्थलमा खटिएका एकजना प्रहरी निरीक्षकले भने सुरक्षा खतराबारे पहिले नै शाहीलाई जानकारी गराएपनि शाहीले प्रहरीको आग्रहलाई वेवास्ता गर्दा घटना भएको हो । घटनामा ती प्रहरी आधिकारी पनि सामान्य घाइते भएका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top