साउदीले उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य विश्व बजारमा आकाशियो

३० भदौ, एजेन्सी । साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा झण्डै आधा कटौती गरेको हो । यसको अर्थ विश्व बजारमा आपूर्ति हुने पाँच प्रतिशत तेलमा कमी आयो ।

आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रूडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रति ब्यारेल ७१ दशमलव ९५ अमेरिकी डलर पुगेको छ । यस्तै वेष्ट टेक्सास इन्टरमिडिएटमा १५ प्रतिशतले बढेर ६३ दशमलव ३४ अमेरिकी डलर पुगेको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएपछि मूल्य केही कम हुने संकेत देखिएको छ । उत्पादन कटौती भएको साउदी अरेबियाका तेल प्रशोधन केन्द्र आफ्नो पूर्ण क्षमतामा सञ्चालनमा आउन केही हप्ता लाग्ने छ ।

साउदीका उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानका अनुसार ड्रोन आक्रमण पश्चात तेल उत्पादन दिनको ५ दशमलव ७ मिलियन ब्यारेल कम भएको छ । यसको अर्थ साउदी अरेबियाले नियमित रुपमा उत्पादन गर्दै आएको तेलको मात्रामा आधा कटौती भएको हो ।

Advertisement

यमनका हुथी बिद्रोहीले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका हुन् । त्यसका लागि १० वटा ड्रोन प्रयोग गरिएको हुथी बिद्रोहीले जनाएको छ । साउदी अरेबियाको व्यापारिक सहयात्री अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले आक्रमणमा इरानको हात रहेको आरोप लगाएका थिए ।

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणका कारण अल्कालीन रुपमा अबकेक र खुराइसमा रहेका प्रशोधन केन्द्रबाट तेलको उत्पादन बन्द भएको प्रिन्स अब्दुलाजिजले साउदी प्रेस एजेन्सी (एसपिए) मार्फत जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आक्रमणपछि हाल दुवै प्रशोधन केन्द्रमा अवस्था नियन्त्रणमा रहेको जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

सम्बन्धित समाचार

Scroll to Top