एकता सहमतिपछि दाहालले भने- आगामी बैठकदेखि नै आलोपालो अध्यक्ष

७ फागुन ७४, मंगलबार

नेकपा एमाले र माओवादी केन्द्रबीच मंगलबार राति भएको सातबुँदे सहमतिपत्रमा पार्टी नेतृत्व र सरकारमा सहभागिताबारे केही उल्लेख नभए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘दुवै संयुक्त अध्यक्ष रहने’ बताएका छन्।

बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका दाहाललाई संवाददाताहरुले ‘एकीकृत पार्टीको नेतृत्वबारे के सहमति भयो’ भनी सोधेका थिए।

जवाफमा दाहालले भने, ‘दुवै अध्यक्षकै रुपमा रहने छन्, यो कुरा प्रस्टै छ।’

Advertisement

पार्टीको अागामी बैठकदेखि नै ‘आलोपालो अध्यक्षता गर्ने’ सहमति भएको उनले जानकारी दिए। यसबारे सहमतिपत्र भने मौन छ।

त्यसपछि संवाददाताहरुले सोधे, ‘सरकार पनि आलोपालो हो?’

Advertisement

यो प्रश्नमा दाहाल सुरुमा केही बोलेनन्। हाँसे मात्र।

त्यसपछि भने, ‘अब एउटै पार्टी भइसक्यो, सरकारमा सहभागिताको कुरा पनि भइहाल्छ।’

एकता संयोजन समिति बैठकमा भएको सातबुँदे सहमतिपत्रमा पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटका विषय उल्लेख छैन। महाधिवेशनको मिति पनि तोकिएको छैन। महाधिवेशन नभएसम्म संगठन र नेतृत्वका विषयमा पनि सहमतिपत्र मौन छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top