×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एकैदिन फोरजीका ३७ हजार ग्राहक थपिए

१७ आश्विन २०७६

काठमाडौँ : नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या पुराना टूजी र थ्रीजी प्रयोगकर्ता फोरजीमा आबद्ध भएको समेतको हो ।

सङ्ख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । तीन वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म आठ लाख मात्र फोरजी ग्राहक थिए ।

Advertisement
Advertisement

बुधबार यो सेवा विस्तार भएसँगै फोरजीमा आबद्ध हुने ग्राहकको सङ्ख्या तीव्र रूपमा बढेको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो । यस्तो सङ्ख्या निरन्तर तीव्र रूपमा बढिरहेको छ, उहाँले भन्नुभयो, बिहीबार पनि थप नयाँ स्थानमा फोरजी सेवा सुरु भएकोले फोरजीमा धेरै ग्राहक आबद्ध हुने देखिन्छ ।

Advertisement

टेलिकमको फोरजी/एलटीई नेटवर्क विस्तार परियोजना अन्तर्गत करिब ६५ लाख फोरजी ग्राहक थप हुने अनुमान छ । हाल विस्तार भइरहेको नेटवर्कको अधिकतम क्षमता नै त्यति भएकोले ग्राहक वृद्धिमा यसले सहयोग पु¥याउने अधिकारीको विश्वास छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top