×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारले लोकतन्त्रलाई नै कमजोर बनायोः गच्छदार

१७ आश्विन २०७६

१७ असोज, विराटनगर । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले सरकारले प्रजातान्त्रिक, लोकतान्त्रिक पद्धतिलाई कमजोर गर्नेगरि क्रियाकलाप अगाडि बढाइरहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसंग कुराकानी गदै उनले जनताको म्याण्डेट पाएर दुइतिहाईको बहुमतको सरकार गठन भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको विचार ब्यक्त गरे । उनले नेपाली जनता र मुलुकको उत्थानको ऐतिहासिक अवसर पाएपनि सरकारले त्यसअनुसार काम गर्न नसकेको बताउदै निर्वाचनताका जनता माझ बांडिएको सपना खोक्रो साबित भएको बताए ।

Advertisement
Advertisement

सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको र प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने लगायतका गैर प्रजातान्त्रिक गतिविधिमा सरकार अघि बढेको उनको भनाई थियो ।

मुलुकको विकासलाई प्राथमिकता दिनुपर्ने भएपनि दलगतरुपमा देशलाई कम्युनिष्ट राज्यमा परिणत गर्ने नियतले सरकारले काम गरिरहेको आरोप उनले लगाए ।

उपसभापति गच्छदारले हालै आफ्नो पार्टीको एकजना जिल्ला सभापति माथि सांघातिक कुटपिट भएको र पार्टीका नेता डाक्टर मिनेन्द्र्र रिजालमाथि हातपात र दुब्र्यवहारको प्रयास भएको बताउदै त्यसप्रकारको गतिविधिले संबिधानप्रदत अधिकार कुण्ठित भएको बताए ।

उनले प्रधानमन्त्री ओलीसहित सत्तापक्षका नेताहरुसंग केहिदिन अघि नेपाली कांग्रेसका शिर्ष नेताहरुसंग भएको छलफलमा प्रतिपक्षसंग सहकार्य गरेर मुलुक विकासमा अघि बढ्ने प्रतिबद्धता आएपनि सरकारले त्यसविपरीतको गतिविधि गरिहेको दाबी गरे ।

Advertisement

सरकार अझैपनि आफ्ना कृयालाप सच्याएर जनताको अभिमत अनुसार देशबिकासमा लाग्नुपर्ने उनको सुझाव थियो ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top