पाँचथर, फागुन १०
लगातार पाँचवर्षसम्म हात्तीपाइले रोगविरुद्धको औषधी खुवाँउदा पनि निवारण नभएपछि पाँचथरमा छ्रैंठौ पटक हात्तीपाइले विरुद्धको अभियान सञ्चालन गरिने भएको छ ।
पाँचथरमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले फागुन ११ देखि १४ गतेसम्म छैटौंपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउन लागेका हुन् ।
नेपाल सरकारले सन २०२० भित्र मुलुकबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएपछि उच्च पहाडी र तराईका ६१ जिल्लामा पटकपटक हात्तिपाइले बिरुद्ध अभियान चलाउँदै आएको थियो ।
पाँचथरमा पनि सन् २०१३ देखि नियमित रुपमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन थालिएको हो । पाँचौं पटक औषधी खुवाइएपश्चात जिल्लाको थर्पु र फिदिममा गरिएको सर्भेक्षणमा ९ सय जनाको रगत परिक्षण गर्दा १० जनामा यो रोगका जिवाणु भेटिएपछि पुनः छैठौं पटक औषधी खुवाउन थालिएको जिल्ला जनस्वास्थ अधिकृत योगराज घिमिरेले बतए ।
जनस्वास्थ कार्यालयले अभियानबारे जानकारी दिने उद्देस्यले आज आयोजना गरेको सञ्चारकर्मीसगको अन्तरकृयामा दिइएको जानकारी अनुसार पाँचथरमा रहेको कुल जनसंख्यामा १३ प्रतिशतभन्दा धेरैमा हात्तिपाइलेका जिवाणु छन् ।