१८ असोज, विराटनगर। लियो क्लब अफ विराटनगरको आयोजनामा शनिबार विराटनगरमा सम्पन्न विराटनगर सुपर ६ क्रिकेट टुर्नामेन्टको उपाधि (एमएमसि)मार्शल क्रिकेट क्लबले जितेको छ । १० टिमको सहभागितामा ६ ओभरमा खेलाईको एक दिने प्रतियोगितामा लियो क्लब अफ विराटनगरलाई २२ रनले पराजित गर्दे मार्शल क्रिकेट क्लबले उपाधि जितेको हो ।
महेन्द्र मोरङ क्याम्पसको मैदानमा टस जितेर ६ ओभर खेल्दै मार्शल क्रिकेट क्लबले दिएको ८९ रनको लक्ष्य पच्छाएको लियो क्लव ५ दशमलव २ ओभर खेल्दै ६६ रनमै अलआउट भएको थियो । उपाधिसँगै मार्शल क्रिकेट क्लबले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै उपविजेता बनेका लियोले नगद १० हजार प्राप्त गरेको छ । प्रतियोगितामा फिर्दाेष अन्सारी म्यान अझ द सिरिज भएका छन । यस्तै बेस्ट बलर निरज मुखिया भएभने बेस्ट ब्याट्सम्यान बैजनाथ चोधरी घोषित भए ।
विजयी टिम तथा खेलाडीलाई अफसर अली खान, वसिम आलम, चाँद ईराकी लगायतले पुरस्कार वितरण गरेका थिए ।