काभ्रेमा गोली चल्यो

१९ असोज ७६, सोमबार

२० असोज, काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा फुटबल प्रतियोगिताको विषयलाई लिएर विवाद बढ्दै गएपछि अचानक गोली चलेको छ ।

दशैँको अवसरमा रोशी गाउँपालिका–११ कालढुङ्गामा पञ्चबुद्ध युवा क्लबले आयोजना गर्ने ‘खुल्ला बृहत रोशी कप’को तयारी भइरहेका बेला प्रतियोगिताको स्थान अन्य विषयमा युवाहरुबीच विवाद हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

गोली कसले चलायो भन्ने थाहा नभएको र गोली चलाउनेको खोजी भइरहेको उनले बताए । गोली चलेपनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top