×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा मृत्यु हने तीनमध्ये एकको सनाखत

२० आश्विन २०७६

२० असोज, सन्धिखर्क । अर्घाखाँचीको नरपानीमा भएको जीप दुर्घटनामा मृत्यु हने तीन जनामध्ये एक जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको ढाकाबाङ्ग स्थायी घर भएका र हाल दाङ लमही बस्दै आएका ५० वर्षीय घनश्याम खनाल रहेका छन् । मृत्यु हुनेमा एक महिला र एकजना पुरुषको सनाखत हुन बाँकी रहेको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Advertisement
Advertisement

सोमबार दिउँसो लंका यातायात प्रालिको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क नगरपालिका वडा नम्बर–६ नरपानी नजिकै दुर्घटनामा परेको थियो । जीपमा नौ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरू जीप चालक कपिलवस्तु बुद्धभूमिका वीरेन्द्र श्रेष्ठ, भुमिकास्थान–१०, धनचौरका उमेश रेग्मी, दाङ लमही–५ की अनिता खनाल र बिन्दु खनाल, भुमिकास्थान–१० की सीमा रेग्मी र उनका १ वर्षीया छोरा आदित्य रेग्मी घाइते रहेका छन् । घाइतेमध्ये चार जनालाई उपचारको लागि चौराह अस्पताल बुटवल पठाईएको छ ।

Advertisement

जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तीन सय मिटर तल खसेको थियो । घटनास्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रकाश विष्ट, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक माधब रेग्मीसहितको टोलीले उद्धार गरेको हो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top