×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टि २० क्रिकेटः आयरल्यान्ड १४५ रनमा सिमित

२२ आश्विन २०७६

२२ असोज, विराटनगर ।
ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोड्यो। ९५ रनमा केवल एक विकेट गुमाएको आयरल्यान्ड त्यसपछि लगातार धरासायी बन्न पुग्यो।

Advertisement

आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बनाए। त्यस्तै स्टुवार्ट थम्पसनले २१ रन जोड्नुबाहेक अन्य दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका सन्दीप लामिछाने र अविनास बोहोराले दुई दुई विकेट लिए। करन केसी र ललित राजबंशीको नाममा समान एक विकेट रह्यो। आयरल्यान्ड्सले सात रन जोड्दा आक्रामक ब्याट्सम्यान केभिन ओब्रायनलाई गुमाएको थियो।

खेलको दोस्रो ओभरको चौथो बलमा सन्दीप लामिछानेले ओब्रायनलाई क्याच आउट गराएका थिए। त्यसपछि स्टर्लिङ र बालबिर्नेबीच दोस्रो विकेटका लागि ८७ रनको साझेदारी भयो।

आयरल्यान्डले ११ ओभर २ बलमा केवल एक विकेट गुमाएर ९५ रन जोडेको थियो। दोस्रो विकेटका रुपमा बालिबिर्नीलाई ललितले आउट गरेपछि आईरिस टोली एकाएक दबाबमा आएको थियो।

अन्तिम ओभरमा आयरल्यान्डले करन केसीलाई २ छक्कासहित १८ रन लिएको थियो। सन्दीपले चार ओभरमा २१ रन दिए। ललितले चार ओभरमा २३ रन दिए।

अविनासले चार ओभरमा २२ रन खर्चिए। ४७ बलमा दुई छक्का र ६ चौका हिर्काएका स्टर्लिङलाई करन केसीले आउट गरेका थिए। करन र दीपेन्द्र सिंह ऐरीले एक एक रनआउट समेत गराए।

Advertisement

तालिकामा ओमान २ खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ। आयरल्यान्डको ३ खेल र नेपालको दुई खेलबाट पनि समान ४ अंक छ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top