बालिका बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ

२२ असोज, पाँचथर ।
बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरका एक युवक पक्राउ परेका छन् ।

१३ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बू पक्राउ परेको प्रहरीले जनाएको छ ।

मंगलबार राति साढे ९ बजेको समयमा बालिकाको कोठामै गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक (इन्सपेक्टर) नारायण गौतमले बताए।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.