ट्विटरले प्रयोगकर्तासँग माफी माग्यो

२२ असोज ७६, बिहीबार

२३ असोज, एजेन्सी ।
सामाजिक सञ्जाल ट्विटरले अनजानमा आफ्ना खाताहरूको सुरक्षाका लागि प्रयोगकर्ताले उसलाई प्रदान गरेका इमेल ठेगानाहरू र फोन नम्बरहरू कतिपय लक्षित विज्ञापनहरूका लागि खुला हुन पुगेकोमा माफी मागेको छ।

कुनै प्रयोगकर्ताले आफ्नो सूचना त्यस प्रयोजनका लागि प्रयोग नहोस् भन्ने चाहदाँचाहदैँ पनि तेस्रो पक्षका विज्ञापनकर्ताहरू ट्विटरमा रहेको सम्पर्क विवरणका आधारमा उनीहरू समक्ष पुगेका हुन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

एउटा वक्तव्यमा ट्विटरले, कति मानिसहरू यसबाट प्रभावित भए भन्ने उसले भन्न नसक्ने बताएको छ। कम्पनीले कानुन उलङ्घनबारे सक्रिय रूपमा सीधा ग्राहकहरूसँग सम्पर्क गरेको छैन।

Advertisement

उसले उक्त समस्या कहिले पत्ता लगायो भन्ने जनाएको छैन। तर गत सेप्टेम्बर १७ तारिखमा उक्त समस्या हल गरेको बताएको छ।

उसले भनेको छ, सुरक्षाका लागि सङ्कलन गरिएका इमेल र फोन नम्बरहरू उसले विज्ञापन प्रयोजनका लागि प्रयोग गरिरहेको छैन।
ट्विटरले आवश्यक परेका स्थानमा नियामकहरूलाई जानकारी गराइरहेको जनाएको छ।

Advertisement

तर डब्लिनमा युरोपेली मुख्यालय भएको उक्त कम्पनीले आइरिस डेटा प्रोटेक्सन कमिसनरलाई त्यसबारे जानकारी दएकोबारे पुष्टि गरेको छैन।

युरोपेली कानुन अनुसार जुन उद्देश्यका लागि लिइएको डेटा हो त्यसबाहेक अन्य प्रयोजनमा त्यसको प्रयोग हुन्छ भने त्यसबारे प्रयोगकर्तालाई जानकारी दिनु आवश्यक हुन्छ।(विविसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

सम्बन्धित समाचार

Scroll to Top