चिनियाँ राष्ट्रपतिको सुरक्षार्थ १५ हजार सुरक्षाकर्मी तैनाथ, चार वटा बुलेट प्रुफ गाडी चीनबाटै ल्याइए

Share this
785shares

२५ असोज,काठमाडौँ ।
शनिबार अपरान्ह सुरु हुने चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका लागि १५ हजार बढी सुरक्षाकर्मी तैनाथ हुँदैछन्।

Advertisement

नेपालका चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु यसमा खटिएका छन् । तीमध्ये ७० प्रतिशत सुरक्षाकर्मी नेपाली सेनाका हुनेछन्। उनीहरु त्रिभुवन विमानस्थलदेखि राष्ट्रपति सी हिँड्ने बाटो र बस्ने ठाउँमा परिचालन हुनेछन्।

सुरक्षा चुनौतिलाई मध्यनजर गरि सुरक्षा व्यवस्था मिलाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पान्डेले जानकारी दिए। सीको सुरक्षार्थ नेपाल प्रहरी, शसस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभाग पनि खटिने छन्।

Advertisement

त्यस्तै सीको सुरक्षाका लागि चिनबाट पनि सुरक्षाकर्मी आएका छन्। राष्ट्रपतिको भित्री सुरक्षा नेपाली सेना र चिनियाँ सुरक्षाकर्मीले गर्नेछन्। त्यसभन्दा बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरी हुनेछन्। सबैभन्दा बाहिरी तहमा राष्ट्रिय अनुसन्धान विभाग रहने छ।

राष्ट्रपति सीको सवारीका लागि चार वटा बुलेट प्रुफ गाडी पनि चीनबाट ल्याइएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top