उपसचिव सञ्‍जेललाई वैदेशिक रोजगारीका ठगी मुद्दा हेर्न रोक

२९ असोज ७६, बिहीबार

२९ असोज,विराटनगर ।
श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई श्रम विभागले ठगीका मुद्दा हेर्न रोक लगाएको छ ।  वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा आफ्नो कार्यकालको छोटो अवधिमै २ करोड १२ लाख बढी सर्वसाधरणको ठगीको रकम उठाएर वाहीवाही कमाएका सञ्जेललाई विभागले सो मुद्धा हेर्न रोक लगाएको हो ।

Advertisement

श्रम विभागले पत्र लेखेरै वैदेशिक रोजगारीका मुद्दा हेर्ने छुट्टै निकाय भएको बताउँदै मुद्दा हेर्न रोक लगाएको हो । श्रम विभागका निर्देशक (उपन्यायाधिवक्ता) राजेश्वर अर्यालले गत वैशाख ३१ गते वैदेशिक रोजगारीको नाममा ठगीएको भन्ने उजुरीउपर कुनै कारबाही नगर्न भन्दै चलानी नम्बर २७२२ को पत्रबाट सञ्जेललाई आदेश दिइएको छ। त्यसखालका काम जिल्ला प्रशासन कार्यालयबाट हुने पत्रमा जनाईएको छ ।

मुद्धा हेर्न रोक लगाएपछि सञ्जेलले ठगलाई समाउने र रकम उठाइदिने आशाले श्रम कार्यालय आउने गरेका पीडित सर्वसाधरण भने अहिले निराश हुँदै फर्किने गरेका छन् ।

Advertisement

अब वैदेशिक रोजगारी ठगीका मुद्दा नहेर्नु भनि पत्र आएको कारण सर्वसाधारणलाई काम गर्न नसकिने भन्दै फर्काउने गरेको सञ्जेलले बताए। सञ्जेल गत फागुन २३ गतेदेखि श्रम कार्यालयमा हाजिर भएका थिए ।सञ्जेललाई श्रम कार्यालय विराटनगरबाट सरकारले सरुवा गरेको थियो। सञ्जेललाई अदालतले पुनर्वहाली गरेपछि भने पुनः श्रम कार्यालयमा काम गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top