अमेरिकाद्धारा उत्तर कोरियाविरुद्ध हाल सम्मकै कडा नाकाबन्दी लगाउने घोषणा

एजेन्सी, फागुन १२
अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने बताइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले यो नाकाबन्दी उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम रोक्न एक महत्वपूर्ण प्रयास हुने बताएका छन् । उनले यसलाई उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी भएकोसमेत घोषणा गरेका छन् ।

उत्तर कोरियाले अहिले पनि आफ्नो आणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले थप नाकाबन्दी लगाउनु परेको उनको भनाई छ । यो नाकाबन्दीमा ५० वटाभन्दा बढी पानीजहाज कम्पनीलाई निशाना बनाइएको छ ।

Advertisement

यीमध्ये उत्तर कोरियाका १६, हङकङका पाँच, चीनका दुई, ताइवानका दुई र पनामा तथा सिंगापुरका एक÷एक कम्पनी छन् । उत्तर कोरियामाथि अमेरिकाले यसअघि पनि कयौं प्रतिबन्ध लगाइसकेको छ ।

यसअघि गत डिसेम्बरमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न नाकाबन्दी लगाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top