×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

झापाका युवा वैज्ञानिकले बनाए हात्ती धपाउने साइरन ड्रोन, परीक्षण सफल

२ कार्तिक २०७६

२ कात्तिक, झापा ।
झापामा एक जना युवा वैज्ञानिकले हात्ती धपाउने साइरन ड्रोन निर्माण गरेका छन् । सफल परीक्षण समेत भईसको साइरन जडित सो ड्रोन भद्रपुर नगरपालिका १ निवासी अनिल प्रधानले बनाएका हुन् ।
जंगली हात्ती धपाउन सो ड्रोनको अत्यन्त प्रभावकारी रहेको बताउँदै प्रधानले भने, ‘मेरो घर आसपासमा जहिले पनि जंगली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामा नै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो ।’ उनले यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्दा परिणाम आएको बताए । यसैक्रममा मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने पत्ता लगाए । यही मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको छ । यसरी जडान गरिएको ड्रोनमा रातो बत्ती समेत प्रयोग गरिएको छ ।

ड्रोन हात्तीको नजिकै लगेर उडाएपछि मौरी आएको त्रासमा हात्ती जंगल तिर भाग्ने गरेको प्रधानले बताए । उनका अनुसार सो ड्रोनको रिमोटले पाँच किलोमिटर दुरीसम्म काम गर्ने भएकाले आफुपनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिन्छ ।

Advertisement
Advertisement

यही परिक्षणबाट नयाँ प्रबिधिको प्रयोग सफल भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । हात्तीलाई कुनै क्षति बिना भगाउन सकिने यो सबैभन्दा प्रभावकारी उपाय भएको उनको दाबी छ । डिभिजन वन कार्यालय झापाको समेत सहभागितामा स्थानीय बासिन्दा सहितको टोली हात्ती धपाउन साइरन ड्रोनको परीक्षण गरेका थिए ।

यसको पहिलो पटक बिहीबार र शुक्रवार राती जंगली हात्ती धपाउने औपचारिक परीक्षण सफल भएको छ । परीक्षणको क्रममा शुक्रवार राती साढे दुई बजे भद्रपुर नगरपालिका कै जलथल क्षेत्रमा आएको पाँचवटा जंगली हात्ती धपाएको थियो । यस्तै बिहीबार राती मेची नपाको दुवागढीमा आएको सातवटा जंगली हात्ती धपाउन सफल भएको थियो ।

Advertisement

कक्षा १२ मा अध्यायनरत प्रधानको सानैदेखि अन्वेषणको बानी थियो । प्रधानको प्रतिभा देखेपछि भद्रपुर नगरपालिकाले समेत साइरन ड्रोन निर्माणकालागि आर्थिक सहयोग प्रदान गरेको भद्रप्ुर नपाका मेयर जीवन कुमार श्रेष्ठले बताए । नगरपालिकाको लागानी भएकाले ड्रोनमा भद्रपुर नपा साइरन ड्रोन लेखिएको छ । यही सहयोगबाट ड्रोनका लागि आवश्यक सामान खरीद गरि कुल अढाई लाखको लागतमा निर्माण गरिएको प्रधानको भनाइ छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top