दुइवटा बैंक खातामा ९/९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का
बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ ।
दुईवटा बैंकका खातामा ९,९ लाख रुपैयाँ भेटिएको हो ।
प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ ।
मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ ।पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमि किनेको पनि फेला परेको छ ।
पु १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलपत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो ।, आजको कान्तिपुरमा यो खबर छ ।