काठमाडौं, फागुन १३
बाताबरण मन्त्री लालबाबु पण्डितले प्रारम्भिक बाताबरणीय परीपक्षण प्रतिवेदन (आईइइ) स्वीकृति नगराई सेवा सञ्चालन गरेका चार वटा अस्पताललाई कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्रचार गरेका छन् ।
कारवाहीका लागि पत्राचार गरिएका अस्पतालहरुमा भृकुटीमण्डपस्थित काठमाडौँ मोडल अस्पताल, महाराजगञ्जस्थित अन्तराष्टिय मैत्रीबाल अस्पताल, कलंकीमा रहेको नेपाल नेशनल हस्पिटल र त्रिपुरेश्वरमा रहेको काठमाडौँ अस्पताल प्रालि रहेका छन् ।
मन्त्री पण्डीतले बातबरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ बमोजिम जरिवाना गरी (आइइइ) गर्न लगाउन निर्देशन दिएका छन् ।