×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगर भन्सार कार्यालयद्वारा ८ अर्बभन्दा बढी राजश्व सङ्कलन

६ कार्तिक २०७६

६ कात्तिक, विराटनगर । 

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ ।

Advertisement

यो लक्ष्यको तुलनामा रु चार अर्ब ९४ करोड ९३ लाख ५० हजार कमी हो । उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कूल रु १३ अर्ब ९४ करोड ३१ लाख ५९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । गत वर्ष सोही अवधिमा रु १० अर्ब पाँच करोड २९ लाख ९५ हजार राजश्व सङ्कलन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ५७ करोड ५६ लाख ४० हजार राजश्व कम उठेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए ।

चालू आवमा सङ्कलित राजश्वमा भन्सार महशुलतर्फ रु तीन अर्ब ३५ करोड ९६ लाख ८९ हजार, मूल्यअभिवृद्धि करतर्फ रु चार अर्ब ४२ करोड १४ लाख ६७ हजार र अन्तःशुल्कतर्फ रु ६९ करोड ६२ लाख छन् । गएको वर्षमा सो अवधिमा भन्सार महशुल रु चार अर्ब ४३ करोड ६० लाख तीन हजार, मूल्यअभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ४८ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

Advertisement

भन्सार असुलीको प्रगति हेर्दा चालू आवको साउन महीनामा ६८ दशमलव १० प्रतिशत, भदौ महिनामा ६५ दशमलव ९९ प्रतिशत र असोज महीनामा ४९ दशमलव ७६ प्रतिशत भएको कार्यालयले जनाएको छ ।रासस

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top