अफताब आलम पक्षबाट पीडितलाई १० लाखको अफर

६ कार्तिक, रौतहट । मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको तथ्य बाहिरिएको छ ।

Advertisement

श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ । सिंहले पैसा लिई मिलापत्र गर्न धेरै किसिमको प्रलोभन आइरहेको बताएका छन् । उनले आफूले हुँदैन भनेको समेत बताएका छन् । आलम छुटेर आए आफू र परिवारका सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ । उनको परिवारको सुरक्षा गर्न जिल्ला प्रहरीले असइको कमान्डमा टोली खटाएको छ ।

प्रहरीले चौबीसै घण्टा घर र गाउँमा पहरा दिइरहेको छ । उनले यस्तो जघन्य अपराध गर्नेलाई छोड्न नहुने बताउदै कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । यमुनामाई–४ सरुअठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह र २४ वर्षीय ओसी अख्तर (बम विस्फोटका घाइते)लाई इँट्टाभट्टामा जलाएर मारेको अभियोग आलमविरुद्ध लागेको छ ।

Advertisement

प्रहरीले २६ असोजमा तत्कालीन सांसद आलमलाई पक्राउ गरेको थियो । जिल्ला अदालत गौरबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्रिलोकप्रतापका बुवा श्रीनारायण र ओसीकी आमा रुक्सना खातुनले आलमविरुद्ध २०६५ वैशाख ९ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसमा आलमका भाइ मो. महताब आलमसहित मोबिन आलम, शेख भदई र शेख सवेजको पनि नाम परेको थिया । उनीहरू फरार छन्। रुक्सनाकोे २०६७ माघ १० मा हत्या भएको थियो ।

Advertisement

माइतबाट फर्किंदै गर्दा गाउँनजिकै उखुबारीमा कञ्चटमा गोली हानेको अवस्थामा उनी मृत भेटिएकी थिइन् । बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका घाइते तथा प्रत्यक्षदर्शी भनिएकाहरूको बयानका आधारमा कर्तव्य ज्यान मुद्दामा आलमविरुद्ध अनुसन्धान भइरहेको रौतहटका एसपी भूपेन्द्र खत्रीले बताए। आलमले भने आफूलाई झुटो मुद्दामा फसाइएको जिकिर गर्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top