×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मंसीर १४को उपनिर्वाचनका लागि आचारसंहिता लागू

८ कार्तिक २०७६

८ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता लागू गरेको छ ।

निर्वाचन आयोगले सो उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो ।

Advertisement
Advertisement

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सो आचारसंहिताको पूर्ण पालना गर्न पनि सरोकारवाला सबै निकायलाई आह्वान गरेका छन । निर्वाचन आयोगले सो आचारसंहिता पालना नभए निर्वाचन ऐन अनुसार कडा कार्वाही गर्ने चेतावनी पनि दिएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका मतदाता नामावली अन्तिम रुप दिई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाई सकिएको पनि जनाएको छ । आयोगका प्रवक्ता श्रेष्ठले निर्वाचन अधिकृतहरुको नियुक्तीको काम सम्पन्न भई आगामी कार्तिक १४ र १५ गते काठमाडौं, विराटनगर र नेपालगंजमा उनीहरुलाई अभिमूखिकरण तालिम दिने कार्ययोजना पनि सार्वजनिक गरिएको जानकारी दिए ।

Advertisement

आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षासम्बन्धि सामग्रीहरुको छपाईको कामलाई पनि तीव्रता दिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आगामी कार्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ भने कार्तिक २७ गते स्थानीय तहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नेछन् । आयोगले सो उपनिर्वाचनको प्रयोजनका लागि आवश्यक मतपत्रलगायतका सामग्रीहरुको व्यवस्थापनको काम पनि भईरहेको जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top