रौतहट विस्फोट प्रकरण, अनुसन्धान टुङ्ग्याइँदै

१० कात्तिक ७६, आइतबार
Share this
748shares

१० कात्तिक, काठमाडौँ । बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस संसद एवम् पूर्वमन्त्री महोम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

Advertisement

घटनासँग जोडिएका धेरै पात्र फेला परेको प्रहरीले जनाएको छ ।

१२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ ।

Advertisement

प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top