धरानमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

१३ कात्तिक ७६, बिहीबार

१४ कात्तिक, सुनसरी । सुनसरी धरानमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । धरान १५ खोरियाबस्ती बस्ने २३ बर्षीया जिनाराईलाई उनकै श्रीमानले कुटपिट गर्दा उनको मृत्यु भएको हो ।

बुधबार राती पौने ९ बजे घरमा झगडा भएपछि जिना घरबाट निस्केर बाहिर जादै गरेको अवस्थामा उनकै श्रीमान ३१ बर्षीय अर्जुन राईले उनलाई पछ्याउदै ढुंगाले टाँउकोमा प्रहार गर्दा जिनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । श्रीमतीको हत्या गरी फरार रहेका राईलाई राती सवा ११ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top