×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

 प्रदेश १ मा तिहारमा ६ जनाको मृत्यु, ११ जनाद्वारा आत्महत्या

१४ कार्तिक २०७६

१४ कात्तिक, विराटनगर ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले लागू गरेको बिशेष सुरक्षा योजनाको परिणाम स्वरुप कुनै ठूला अपराधको घटना नघटी यस बर्षको दिपावली सम्पन्न भएको दावी गरेको छ ।

Advertisement
Advertisement

चाडपर्वका अवसरमा हुने जुवातास, झैझगडा, चोरी लुटपाट जस्ता सामाजिक अपराधहरुमा अघिल्लो बर्षको तुलनामा यो बर्ष निकै कमी आएको छ । सुनसरीको धरान एरियामा घरेलु हात हतियारहरु देखाई धाक धम्की दिई लुटपाट गर्न खोज्ने वा ज्यान मार्ने धम्की समेत दिने ५ जनालाई  हतियार सहित पक्राउ गरिएको छ ।

त्यस्तै ठूलो रकमको बाजी राखी जुवा तास खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत एवम प्रहरी प्रवक्ता,प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोइरालाले बताए । जुवा खालबाट ३० बुक तास, १६ थान कौडा र नगद ८ लाख ४३ हजार ५ सय ८२ रुपैया समेत फेला पारी बरामद गरिएको थियो ।

यस्तै दिपावली भरिमा १ लाख १८ हजार बराबरको पटका र पटका ओसार पसारमा संग्लग्न २ जनालाई नियन्त्रणमा लिईएको छ । यस बर्षको दिपावली अवधिभर  १ नम्बर प्रदेशमा ४१ वटा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।

७ माईक्रो १,कार जिप १ , ट्याक्टर १, ट्याम्पो ३, मोटरसाईकल २६  र साईकल २ वटा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन भने ५३ जना घाईते भएका छन् ।

यसैगरी दिपावली भरिमा  प्रदेशका बिभिन्न स्थानहरुमा ११ जनाले झुण्डिएर र ३ जनाले बिषादी सेवन गरेर आत्महत्या गरेका छन् भने झुण्डिएर आत्महत्या गर्ने क्रममा २ जना र बिषादी सेवनबाट १४ जना घाईते भएका छन । यस्तै बिभिन्न स्थानहरुबाट लडेर ४ जनाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी कुटपिट तथा झै झगडा हुँदा १ जनाको मृत्यु भएको छ  भने २० जना घाईते भएका छन् ।

दिपावली गर्ने क्रममा ५ घरमा आगलागी हुदा ४२ लाख बराबरको क्षति भएको छ । यस्तै बिद्युत सर्ट भएर १० घरमा आगलागी भएको र अन्दाजी १ करोड ४५ लाख बराबरको क्षति भएको छ । आगलागीमा परी २ जनाको मृत्यु र ३ जना घाईते भएका छन् ।

अत्याधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ । यसै गरी पानीमा डुबेर १ जनाको बालकको मृत्यु भएको छ । दिपावालीकै समयमा मादक पदार्थ सेवन गरी एक आपसमा झै झगडा भई खुकुरी हानाहान हुँदा ४ जना घाईते भएका छन ।

Advertisement

यस्तै ४ वटा जबरजस्ती करणीका घटना भएको छ भने नदीले बगाउदा १ जना बेपत्ता भएका छन् ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top