आगामी अक्टुबरमा मोरङमा रेल : बथनाह–कटहरी रेल्वे मार्गको काम ५० प्रतिशत बढी पुरा

किशोर विश्वकर्मा
विराटनगर, फागुन १५
पूर्वका उद्योगी व्यवसायीको निकै प्रतिक्षाको परियोजना बथनाह–कटहरी रेल्वे मार्गको काम सम्पन्न भएर यसै वर्षदेखी मोरङमा रेल गुड्ने भएको छ ।

झण्डै ४ वर्ष अघि भारतीय मुल ठेकेदार कम्पनी इरकोनले रेल्वे आयोजनाको ठेक्का लिएर अर्को भारतीय कम्पनी तालिया कन्सट्रक्सन प्रा.लिलाई रेल्वे आयोजनाको काम सुम्पीएपनि काम पुरा नगरि बिचमै छाडेर गएपछि भने परियोजनानै अलपत्र पर्ने हो कि भन्ने चिन्ता सर्वत्र परेको थियो ।

Advertisement

तर, उक्त ठेकेदार कम्पनीले काम छाडेर गएपछी पुन : मुल ठेकेदार कम्पनीले भारतीय अर्को कम्पनी वाग्मतीलाई लाई सन् २०१४ मा ठेक्का लगाएर सन २०१५ देखी कर्मचारी आवास बनाएर रेल्वेमार्गको काम नियमित भएको हो ।

अहिले भारतको बथनाहदेखी कटहरी सम्म उक्त सेल्वेमार्गको निर्माण कार्य जारी छ । भारत तर्फ करीब साढे ७ किलो मिटर र नेपाल तर्फ १३ दशमलव १ किलो मिटर गरि जम्मा करीब २२ किलोमिटरको बथनाह–कटहरी रेल्वेमार्ग बनिरहेको हो ।

Advertisement

हाल सम्म रेल्वेमार्गको करीब ५० प्रतिशत बढी काम पुरा भएको ठेकेदार कम्पनी वाग्मती कन्स्ट्रक्सन प्रा.लि. का प्रतिनिधि तथा परियोजना व्यवस्थापक सन्तोष कुमार झाले जानकारी दिए ।

हाल सम्म रेल्वे मार्ग निर्माणकार्य अन्तर्गत माटोको काम, ट्र्याक बनाउने र पुल तथा कल्भर्ट निर्माणलगायतका काम नेपाल तथा भारत दुवै तर्फ भइरहेको व्यवस्थापक झाले बताए ।

उनले कटहरीमा रेल्वे स्टेशन निर्माण गर्न जग्गालगायतका कारणले ढिलाई भइरहेकाले बथनाहदेखी कटहरी सम्म रेल सञ्चालन नभएपनि यसै वर्षको आगामी अक्टुबर महिना भित्रमा बुधनगरको भेडियारी सम्मको काम भने सम्पन्न हुने र भेडीयारी सम्म रेल आईपुग्ने दावी गरे ।

उनले भने ‘ अहिले रेल्वेको काम धमाधम भइरहेको छ । कटहरीमा बन्नुपर्ने रेल्वे स्टेशन बन्नमा केही समस्या भएको छ । तर पनि आगामी अक्टुबर महिना सम्ममा भेडीयारी स्टेशन सम्ममा रेल पक्कै आउने छ ।’

व्यवस्थापक झाले रेल्वे मार्गको हाल सम्म सम्पन्न भएको ५० प्रतिशत काम अन्तर्गत, माटोको काम, आधार निर्माण, विभिन्न भवन तथा स्टेशन निर्माण कार्य भईसकेको जानकारी दिए ।

यात्रुका लागि नभई रेल्वे सेवा औद्योगीक कच्चा पदार्थ तथा विभिन्न वस्तु आयात निर्यातका लागि भएकाले यसै वर्षको अक्टुबर महिना भित्रमा रेल नेपाल सम्म आइपुग्ने भएपछी पूर्वका उद्योगी व्यवसयी उत्साहीत भएका छन् ।

विराट व्यपार संघका पूर्व अध्यक्ष यादव पोखरेलले अब भनेँ निजि क्षेत्रको वर्षैँ देखीको माग पुरा हुने विश्वास व्यक्त गरे । उनले रेल्वे मार्गको काम सम्पन्न भएर रेल कटहरी सम्म आउन थालेपछी कच्चा पदार्थ, वस्तु आयात निर्यातमा सहज हुने मात्र नभएर लागतमा समेत कमी आउने दावी गरे ।

भारत सरकारले २ अर्ब ३८ करोड भारतीय रुपैयाँमा निर्माण गरिदिने उक्त आयोजनामा नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराएको छ । रेल्वे मार्ग चाँडै सम्पन्न भएर कटहरी सम्म रेल सञ्चालनमा आउँदा १ नं. प्रदेशको मात्र विकासमा टेवा पुग्ने नभई समग्र देशको विकासमा फाइदा पुग्ने सरोकारवालाहरु बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top