सुकुटे बस दुर्घटनाकी घाइते भन्छिन्, ‘दूध चुसाउँदै थिएँ, खोलामा डुबिसकेको रहेछु’

१७ कात्तिक ७६, सोमबार

१८ कात्तिक, काठमाडौं । ‘चालकले पटक–पटक गाडी बिग्रिएको बताउनु भएको थियो । दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिंडेको बा २ ख ७२४५ नम्बरको बस पहिलो पटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो । त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो ।

बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे । म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ । मेरो बच्चा २ महिनाको मात्रैै थियो’, घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन् ।

धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ । ‘शरीर चुर्लुम्म डुबेछ । झस्याङ भएँ । दूध चुसिरहेको छोरो काखमा छैन । म पनि डुबिरहेको रहेछु’, सरिताले भनिन, ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ ।

Advertisement

काखमा बच्चा खोज्दा म चाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होश आयो ।’ ‘विस्तारै हिंडिरहेको बस भित्ताबाट एक्कासी छेउमा पुगेर बल्ढ्याङ खायो । मेरो छोरा हराइरहेको छ । धेरैबेर खोजें । अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन । अनि मलाई अस्पताल ल्याइयो’, सरिताले भनिन् । नेपाल समाचारपत्र दैनिकबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top