भारतको नयाँ नक्सामा समेटियो नेपालको कालापानी–लिपुलेक !

१८ कात्तिक ७६, मंगलबार

१९ कात्तिक, काठमाडौँ ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो।

भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो। भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ। पाकिस्तान प्रशासित कश्मीर (पीओके) पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ। उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ। यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।

भारतले १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ। नापी विभागमा महानिर्देशक प्रकाश जोशीले यस विषयमा विभागले अध्ययन गर्ने बताउँदै कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी रहेको बताए। उनले भारतले नक्सामा पुरानै विषयलाई दोहोह्याएको बताए । सुगौली सन्धिमा लिम्पियाधुरासमेत नेपालीमा छ। नेपालकै आधिकारिक नक्सामासमेत लिम्पियाधुरा समेटिएको छैन। भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायतका ठाँउ अतिक्रमण गर्दै आएको छ।

Advertisement

महानिर्देशक जोशीले नेपालको आधिकारी नक्सामा लिपुलेक, कालपानी र सुस्ता समेटिएको बताए। ‘हाम्रो नक्सामा देखाउनु पर्ने कुरा छोडेका छैनौं,’ उनले भने,‘ उस (भारत)ले पुरानै कुरालाई दोह्याएको छ। (अन्नपुर्ण पोस्ट डट कमबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top