२० कार्तिक, काठमाडौं । भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफले आयोजना गर्न गइरहेको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन् ।
युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले जनाएको छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेको युनिसेफले जनाएको छ ।
उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन आउन लागेका हुन् । केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाइ नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने भएको हो ।