दिनभरका प्रमुख खबरहरु

२१ कात्तिक ७६, बिहीबार
Share this
734shares

आजका प्रमुख खबरहरुः

Advertisement

१.(गो ब्याक इन्डिया !)
नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै नेपाल विद्यार्थी संघद्वारा भारतीय दूतावासलाई ज्ञापन / देशैभर भारतको विरोध / विराटनगरमा पनि युवाहरुको विरोध प्रदर्शन ।

२.(आलमको बयान सकियो)
वम विष्फोट र हत्या अभियोग लागेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको बयान जिल्ला अदालत रौतहटमा सकिो / बाँकी थुनछेक वहस भोलिदेखि हुने ।

Advertisement

३.(शिक्षा परिषद गठन)
प्रधानमन्त्रीको अध्यक्षमा ‘उच्च शिक्षा परिषद’ गठन गर्ने सरकारको व्यवस्था / शिक्षा नीतिमा शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति निर्माण गर्न विशेष जोड ।

४.(अप्ठयारोमा विदेशी कलेज)
सरकारद्धारा विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी / प्रक्रियागत ढंगले संचालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको समय ।

Advertisement

५.(सहिदको सम्मान)
धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्ताका परिवारलाई जनही ५ लाख रुपैया प्रदान गर्ने प्रदेश १ सरकारको निर्णय / कार्तिक २९ गते अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव धरानमा आयोजना गर्ने ।

६.(आप्रवासी सम्मेलन)
आउँदो कार्तिक २६ गतेदेखि काठमाडौंमा आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धि २ दिने अन्तराष्ट्रिय सम्मेलन’ हुने / सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा एशियाली मुलुकहरु जिम्मेवार बन्ने अपेक्षा ।

७.(उर्जाका कुरा)
युद्धस्तरमा काम गरिरहेकाले आगामी दुईवर्षभित्रमा कार्णाली प्रदेश उज्यालो बनाउनेऊर्जामन्त्री वर्षमान पुनको दावी / कर्णाली प्रदेशभित्रका नदीनालाबाट बहुउद्देश्यीय आयोजना निर्माण गर्नसक्ने सम्भावना रहेको उल्लेख ।

८.(दबाबमा विज्ञापन एजेन्सी)
सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको कडा निर्देशन / आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी सेवा, सुविधा, नविकरण तथा अनुमति समेत नदिइने ।

९.(माल पाएर के गर्नु ?)
मोरङको कटहरी गाउँपालिकामा निर्मित एकीकृत तरकारी तथा फलफूल थोक बजार निर्माण सम्पन्न भएको वर्षदिन वितिसक्दापनि संचालनमा आएन / आवश्यक अध्ययन नगरी निर्माण गरिदा बजार ब्उवस्थापनमा समस्या ।

१०.(भारतको चतुर्याई)
नयाँ नक्सामा नेपाली भूमि नमिचेको भारतले दाबी / विवादित विषयमा वार्ता र सम्वाद गर्न तयार रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारको भनाई ।

११.(पोषणका कुरा)
‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई सरकारको आह्वान / वातावरणमा प्रतिकूल असर हुने गरी नेपालले कुनै पनि कृषिजन्य बस्तुको उत्पादन नगर्ने प्रतिवद्धता ।

१२.(खाद्य सुरक्षा)
सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको उपप्रधानमन्त्री उपेन्द्र यादवको भनाई / अर्थमन्त्री डा. युवराज खतिवडाले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह ।

१३.(पूर्वाधारले खेल सर्याे)
मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)द्वारा दशरथ रंगशालामा तय भएको नेपाल र कुवेतबीचको खेल गर्न नमिल्ने निर्णय / खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रंगशाला प्रस्ताव गरिएको एन्फाको भनाइ ।

१४.(मैत्रीपूर्ण क्रिकेट)
एमसीसीले नेपालसँगको तीन दिवसिय प्रथम श्रेणीमा ३ सय २ रनको अग्रता लियो / दोस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा एमसीसी २१ ओभरमा ९१–२ को बलियो अवस्थामा ।

र,
१५.(अमेरिकामा मृत्युदण्ड)
अमेरिकाको टेक्सास राज्यमा एक गोरा अतिवादीलाई मृत्युदण्ड / “आर्यन सर्कल” नामको समूहले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलद्दारा ती महिलाको हत्या ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top