×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

२७ कार्तिक २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(अतिक्रमण पनि अदालतमा)
नेपालको भू–भाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहल मार्फत् समस्याको समाधानको माग गर्दे सर्वोच्च अदालतमा रिट दायर / अतिक्रमित भूमिकाबारेमा राज्य मौन बस्दा सर्वसाधारणलाई असर परिरहेको उल्लेख ।

Advertisement
Advertisement

२.(हमिदको ब्यस्तता)
प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता / चार दिने नेपाल भ्रमणमा आएका हमिदको उच्चस्तरीय भेटवार्ता सम्पन्न / राष्ट्रपति हमिद भोली पोखरा जाँदै ।

३.(‘सिके’का उम्मेदवार)
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट अञ्जलीदेवी मण्डलको उम्मेदवारी / रिक्त अध्यक्ष पदकालागि १७ जनाको उम्मेद्वारी ।

४.(स्थानीयको मनोनयन)
मङ्सिर १४ मा हुने स्थानी यतहको उपनिर्वाचनको उम्मेदवारी दर्ता सम्पन्न / चारवटा स्थानीय तहको प्रमुख, एक उपप्रमुख तथा ४२ वटा बडाध्यक्षकालागि मनोनयन दर्ता ।

५.(न्याय मर्दैन)
दुई वर्ष अघि काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्त शैलेस कार्कीलाई पाँच वर्षको कैद सजाय / अन्य तीनजना अभियुक्तहरूलाई १४ महिनाको कैद / पीडितलाई सात लाख क्षतिपूर्ति ।

६.(शिल्पालाई संकट)
बहुबिबाहको मुद्धामा आफूलाई पक्राउ नगर्न अभिनेत्री शिल्पापोखरेलले हालेको रिट निवेदन सर्वोच्च अदालतद्वारा खारेज / उच्च अदालतले जिल्लाअदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो ।

७.(कर्मको फल)
नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक सहित पाँच जना कारागार चलान / पाँचै जनालाई पुर्पक्षकालागि थुनामा राख्ने अदालतको आदेश ।

८.(भिआईपीलाई सन्देश)
भिआईपी सुविधा प्रयोगकालागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सरकारद्वारा पुन सचेत / भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न सांसद, मन्त्रीहरुलाई आग्रह ।

९.(विकल्प खोज)
प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईको भनाई / मुलुकमा एउटा मात्रै अन्तराष्ट्रिय विमानस्थल रहेकाले यसको चापलाई लिएर नकारात्मक टिप्पणी गरिरहन नमिल्ने तर्क ।

१०.(अर्थमन्त्रीको ताकेता)
बैंकिङ सेवानपुगेका स्थानीयतहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा ताकेता / ईमान्दार ढंगले काम नगर्ने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी ।

११.(सुविधा भोगीले बुझुन्)
सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको भनाई / प्रमोशनका लागि नम्बर नपुग्दा दूर्गम क्षेत्रमा जाने कर्मचारीहरु सरकारको कडा निगरानीमा ।

१२.(दुतहरुको सम्मेलन)
काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु / वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएको उल्लेख गर्दै बाह्यलगानी गरे उच्च प्रतिफल पाउने व्यवस्था मिलाइएको दावी ।

१३.(विराटनगरमै मानव बेचविखन)
विराटनगर रानीमा रहेको हिमालय गेष्टहाउसमा होटलका संचालकसँगको मिलेमतोमा मानव वेचविखन विरूद्धका कार्यहरू हुदै आएको खुलासा / बिहारका मो. रियाज पक्राउ / एक भारतीय महिलालाई विराटनगर ल्याएर बेचेको खुलासा ।

१४.(जित चाँहियो)
भारतको हैदरावादमा जारी यू १९ च्यालेन्जर सिरिजमा नेपाल लगातार दोस्रो खेलमा भारत ए सँग १ सय ७ रनले पराजित / विशाल विक्रम केसीले सर्वाधिक ७१ रन जोडे पनिहार टर्न सकेन ।

Advertisement

र,
१५.(स्वघोषित राष्ट्रपति)
बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई गरिन् देशको अन्तरिम राष्ट्रपति स्व घोषणा / निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध पछि राष्ट्रपति इभो मोरालेज राजीनामासँगै मेक्सिकोको शरणमा ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top