×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

मन्त्रीपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी, भावी अर्थमन्त्रीको चर्चा

२८ कार्तिक २०७६

२८ कात्तिक, काठमाडौँ ।

 नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटको सेट नै परिवर्तनको तयारीमा जुटेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन् । पार्टीका तीन र्शीर्ष नेताबीच मन्त्रिमण्डलमा हेरफेरबारे करिब सहमति भइसकेको स्रोतले जानकारी दिएको छ ।

Advertisement
Advertisement

मन्त्रि परिषद्मा मन्त्रीहरुको कामबारे समीक्षा समेत भएपछि को-को राख्ने र को-को झिक्नेबारे समेत छलफल भएको बुझिएको छ । ओलीले सरकारको काम कारबाहीलाई सशक्त बनाउन मन्त्रिहरु हेरफेर गर्ने तयारी गरेका छन् । यसबारे पार्टी भित्र परामर्श जारी छ ।

मन्त्रिहरुलाई दशैं तिहार मान्न दिने नीति अनुरुप प्रधानमन्त्री ओलीले मन्त्रिहरुको हेरफेरलाई थाती राखेका थिए । अब उनी तत्काल एक्सनमा जाने गरी तयारीमा जुटेका छन् ।मन्त्रीपरिषदबाट १० मन्त्री बिदा हुने भएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले १० मन्त्रीलाई राजीनामा गराएर १० नयाँ मन्त्री ल्याउने अन्तिम कसरत थालेका हुन् ।

केही मन्त्री बाँकी राखेर १० जना मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण सकिएलगतै मन्त्रीहरुलाई राजीनामा गराउने तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ६ मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । पूर्वएमालेबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्रीबाट बिदा गर्ने तयारी भएको छ भने पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानी मन्त्री बिना मगरलाई बिदा दिने तयारी गरिएको स्रोतले बताएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानूनमन्त्री भानुभक्त ढकाल सहित ८ जना मन्त्री भने यथावत् रहने बुझिएको छ । तर यी मध्ये पनि केही बाहिरिने संभावना छ । उनीहरु मन्त्रीबाट नहटेपनि मन्त्रालय भने फेरबदल हुन सक्नेछ ।

सम्भावित नयाँ अनुहारहरु
मन्त्रिमण्डल पुनर्गठनको चर्चा चुलिएसँगै पार्टीका दुई अध्यक्षहरुले विभिन्न तहका नेताहरुलाई मन्त्री बनाउने आश्वासन बाँड्न थालेका छन् । मन्त्रिमण्डल पूनर्गठनपछि पूर्व एमालेका तर्फबाट सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले आश्वासन दिएको बताइएको छ ।

त्यस्तै, हाल अर्थ समितिको सभापति रहेका कृष्णप्रसाद दाहाललाई मन्त्रिमण्डलमा प्रवेश गराउने आश्वासन पनि ओलीले दिएका छन् । प्रतिनिधिसभामा तत्कालीन एमालेबाट मकवानपुरको क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहालले विजय हासिल गरेका हन् । उनी नेकपा प्रदेश नम्बर ३ का सचिवालय सदस्य समेत हुन् । राप्रका कमल थापालाई हराएर ह्याट्रिक गरेका दाहाल प्रत्येक पटक हुने मन्त्रीमण्डल गठन प्रक्रियामा छायाँमा परे पनि यो पटक भने मन्त्री बन्ने पक्का भएको श्रोत बताउँछ । उनले उद्योग मन्त्रालयको माग गर्दै आएको बताइएको छ, यद्यपि अहिले पूर्व माओवादीको भागमा रहेको उक्त मन्त्रालय कसरी व्यवस्थापन गर्ने अन्यौलताका कारण उनलाई फरक जिम्मेवारी दिनसक्ने समेत चर्चा छ ।

नेकपाका नेता महेश बस्नेत र खगराज अधिकारी पनि नयाँ मन्त्रीका लागि आश्वासन पाएका अनुहारहरु हुन् । यी दुवैजना ओली निकटका हुन् । खगराज अधिकारीले संसदमा सरकारको बचाउमा खेलेको उल्लेख्य भूमिकाका कारण ओली उनीप्रति थप सकारात्मक बनेको बताइन्छ । प्रधानमन्त्री ओलीले संसदमा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गर्दा नियमापत्ति गर्ने व्यक्ति तिनै खगराज अधिकारी हुन् । त्यस्तै, विष्णु पौडेल, जनार्दन शर्मा, भीम रावल, लेखराज भट्ट, प्रभु साह, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का समेत मन्त्री बन्ने दौडमा रहेको चर्चा छ ।

Advertisement

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा समेत हेरफेर गर्न सल्लाहकाहरुलाई सामुहिक राजीनामा गराउने कुरा बाहिर आइसकेको छ । मन्त्रीमण्डल पुनर्गठन गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार बनाउने एग्रेसिभ ढंगले अघि बढ्ने योजना बनिरहेको बालुवाटार श्रोतले जनाएको छ । (विकास न्युजबाट)

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top