स्वच्छ वातावरणमा जोड दिन काठमाडौँका विद्यालयलाई मेयरको अपिल

२८ कात्तिक ७६, बिहीबार
Share this
677shares

२८ कात्तिक, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने गरी पठनपाठनको कामलाई अघि बढाउन मातहतका सबै विद्यालयहरुलाई आह्वान गरेका छन् । मेयर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुग्ने गरी पठनपाठन भए घर, परिवार र सिंगो समाजमा स्वच्छ वातावरण निर्माण गर्न सहज हुने पनि स्पष्ट पारे ।

Advertisement

उनले विद्यालयहरुको स्वच्छ वातावरण निर्माणका लागि काठमाडौं महानगरपालिकाले १३ करोड बजेट चालू आर्थिक वर्षका लागि विनियोजन गरेको उल्लेख गर्दै त्यसले विद्यालय तहको सुधार कार्यक्रममा थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित ‘मधुमेह नियन्त्रणार्थ प्रधानाध्यापकहरुको भूमिका’ विषयक गोष्ठीमा बोल्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाले मधुमेह रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि नेपाल मधुमेह समाजलाई २० लाख बजेट हस्तान्तरण गरेको पनि स्मरण गराए ।

Advertisement

मेयर शाक्यले नागरिकहरुलाई रोग लाग्न नदिने खालका सबै कार्यक्रमहरुमा काठमाडौं महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top