×

NEPAL TIMES UPDATES

Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026
Playing
१० वर्ष जेलको सिफारिस भएपछि ओलीले भने भद्दा नाटक || Nepal Times
Mar 26, 2026
Playing
इरानी नौसेना प्रमुख अलिरेजा ताङसिरी मा*रि*ए || Nepal Times
Mar 26, 2026
Playing
World News: कुवेत, बहराइन र यूएईमा ह*म*ला,मादुरो अदालतमा, विश्वभर उर्जा संकट || Nepal Times
Mar 26, 2026
Playing
कार्की आयोगमाथिको प्रश्न,बालेन र सुदन आयोगको नजरमा किन छुटे ? || Nepal Times
Mar 26, 2026
Playing
२७४ माननीयको सपथ, कांग्रेस, एमाले र नेकपा एउटै बेञ्चमा || Nepal Times
Mar 26, 2026
Playing
Top 15 Afternoon News || March-26-2026 || Nepal Times
Mar 26, 2026
Playing
वार्ताको आवरणमा इरान कब्जा गर्न स्थलगत युद्धको तयारी ?|| Nepal Times
Mar 26, 2026
Playing
Oli,Lekhak र Khapungलाई १० वर्षसम्म जेल सजाय सिफारिस, कार्यान्वयनको जिम्मा Balenलाई || Nepal Times
Mar 26, 2026

नेपाल ट्रष्ट जग्गाको संरक्षणमा खटिएका सुरक्षा गार्ड कब्जामा, दुई घण्टापछि उद्धार

३ मंसिर २०७६

३ मंसिर, भक्तपुर ।

नेपाल ट्रष्टका नाममा रहेको सल्लाघारीस्थित कित्ता नं ५४० को १०८ रोपनी दुई आना एक पैसा क्षेत्रफल जमीनको सुरक्षाका लागि राखिएको सुरक्षा गार्र्डलाई भक्तपुर नगरपालिकाले कब्जामा लिएर धम्की दिएको छ ।

Advertisement

ट्रष्टले आफ्ना नाममा रहेको जग्गाको संरक्षण गर्ने भन्दै मङ्सिर १ गतेदेखि लागू हुने गरी अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा गार्र्ड राखेपछि नगरपालिकाले आज तिनलाई जबर्जस्ती नगरपालिका लगी कब्जामा राखेर धम्की दिएको ट्रष्टले जनाएको छ ।

ट्रष्टका सञ्चालक समितिका सदस्य सचिव राजेश्वर ज्ञवालीले ट्रष्टको जग्गा संरक्षणका लागि राखिएका सुरक्षा गार्र्डलाई आज नगरपालिकाले खटाएका करीब १६ जनाको सङ्ख्यामा आएका व्यक्तिले नगरपालिका लगेर दुई घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरी नियन्त्रणमुक्त गरेकोे जानकारी दिए ।

उनले २४ घण्टा सुरक्षा गार्ड तैनाथ गर्ने गरी ट्रष्टले गोरखकाली सेक्युरिटीका तीन सुरक्षाकर्मीलाई परिचालन गरेकामा आज ड्युटीमा रहेका आशिष बमलाई नगरपालिकाले नियन्त्रणमा लिएर धम्क्याएको उनको भनाइ थियो । सुरक्षाकर्मीलाई नगरपालिकाले कार्यालयमा लगेर नियन्त्रणमा लिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख सविन प्रधानलाई जानकारी गराइएपछि सुरक्षागार्ड बमलाई प्रहरीले उद्धार गरी नियन्त्रणमुक्त बनाएको थियो ।

सुरक्षाकर्मी परिचालन गरेका विषयमा ट्रष्टसंँग सोध्नु पर्ने नगरपालिकाले सुरक्षाकर्मीलाई नै उठाएर लैजानु गलत भएको बताउँदै ज्ञवालीले एउटा जिम्मेवार स्थानीय सरकारले कानूनी राज्यको उपहास गरेको भनाइ थियो ।
सरकारको नीतिअनुसार देशभर ट्रष्टका नाममा रहेको सम्पत्ति संरक्षण गर्ने कार्य भएअनुसार भक्तपुरको उक्त जग्गामा पनि ट्रष्टले तीनतिर बोर्ड राखेर ताल्चा लगाई सुरक्षा गार्ड राखेपछि नगरपालिकाले यस्तो गरेको हो ।
नगरपालिकाबाट आएका व्यक्तिले हाम्रो प्रमुखलाई नसोधी किन बोर्ड राखेर बसेको तथा नगरपालिकाको ताल्चा काटेर किन ट्रष्टले ताल्चा लगाएको भन्दै सुरक्षा गार्डलाई अभद्र व्यवहार जबर्जस्ती नगरपालिका लगेको ट्रष्टको भनाइ छ ।

प्रधानमन्त्री संरक्षक रहेको ट्रष्टका सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई घटनाबारे जानकारी गराइसकिएको बताउँदै सदस्य सचिव ज्ञवालीले सुरक्षा गार्ड नहटाइने र स्थायी कार्यालय नै स्थापना गरिने बताए । ट्रष्ट सञ्चालक समितिका सचिव गजेन्द्र ठाकुरले ट्रष्टका नाममा लालपुर्जा रहेको जग्गामा नगरपालिकाले कुनै स्वीकृति नलिई पर्खाल लगाउने र भाडामा लगाउँदै जग्गा हडप्ने प्रयास गरेको बताउँदै ट्रष्टका नाममा १६ जिल्लामा रहेका २७ हजार रोपनी जग्गा संरक्षणको काम भइरहेको बताए ।

यसअघि गत असोज १० गते उपप्रधानमन्त्री पोखरेल र भक्तपुरका सांसद महेश बस्नेतसहितको टोलीले उक्त जग्गाको अनुगमन गरी नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सल्लाघारीको ट्रष्टका नाममा रहेको जग्गा ट्रष्टले नै संरक्षण गर्ने जानकारी गराएको थियो ।

Advertisement

-रमेश गिरी/ रासस

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top