प्रधानमन्त्री निवासमा निर्माण व्यवसायीको धर्ना

Share this
768shares

९ मंसिर, काठमाडौं । ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।

Advertisement

महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे नौ बजे देखि एकघण्टा धर्ना दिएको हो । हातमाकालो पट्टि बाधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्यादथप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नकालागि सरकारलाई दवाव दिन धर्नामा समेत बस्नु परेको बताएका छन ।

महासंघका अध्यक्ष रबी सिंहले सो नियमावली संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको प्रतिवद्धता ४ महनिा पूरा हुँदा पनि कार्यान्वयनमा नआएकाले आन्दोलनमा जानु परेको बताए । उनले आफूहरुको सो माग पूरा नभए विकास, निर्माणका कामहरु ठप्प हुने चेतावनी पनि दिए ।

Advertisement

महासंघले नियमावली संशोधन नभए दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालो झण्डा सहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठुला इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्णरुपमा ठप्प पार्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top