१ सय १ वर्षिया जेष्ठ नागरिकद्धारा तुलादान

२० फागुन ७४, सोमबार

विराटनगर, फागुन २१
विराटनगरमा जारी सप्ताह ज्ञान महायज्ञमा १ सय १ वर्षिय एक बृद्धले तुलादान गरेकी छन् । विराटनगरको पोखरीयास्थित बिष्णुमाया पुस्तकालयलाई ई लाइब्रेरीमा परिणत गर्न र सामुदायिक भवनको निर्माणलाई पुर्णता दिन जारी महायज्ञमा विराटनगर १ निवासी १ सय १ बर्षिय बिष्णुमाया दाहालले तुलादान गरेकी हुन् ।

महायज्ञ परिसरमा आयोजित कार्यक्रमकाबीच छोराद्वय शंकर दाहाल र बद्रीनाथ दाहालसहित परिवारका अन्य सदस्यहरुको उपस्थितिमा दाहालले तुलादान गरिन् ।

सो क्रममा तराजुको एकापट्टि सिक्का र सुनचाँदी राखिएको थियो भने अर्कोतर्फ १ सय १ बर्षिय दाहाललाई राखेर जोखिएको थियो । दाहालको तौल बराबरको सिक्का र सुनचाँदी महायज्ञ आयोजक समितिलाई दान गरिएको बिष्णुमाया पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले जानकारी दिए ।

Advertisement

तुलादान गर्दा जीवनयापनको क्रममा जानी नजानी भएको जीव हत्या लगायतका पाप नष्ट हुने धार्मिक मान्यता रहेको कथावाचक पण्डित योगेश बराहक्षेत्रले बताए ।

१ करोड संकलन गर्ने उद्धेश्यसहित आयोजना गरिएको महायज्ञको पहिलोदिन नै ११ लाख रकम संकलन भएको जनाईएको छ । पहिलोदिन तुलादानकर्ता स्वंयसहित उनका छोरा बद्रीनाथ दाहाल,स्थानिय यमुना दाहाल र पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले ३–३ लाख नगद दान गरेका छन् । यस्तै अन्य दाताहरुले नगद २ लाख दान गरेका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top