राष्ट्रपतिमा भण्डारीसँगै खनालको दाबेदारी: को-कति बलियो ?

काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् ।

खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले निकटस्थ नेताहरूलाई यसपटक ‘ब्याक’ नहुने भन्दै स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आश्वस्त पारिरहेका छन् । खनाल अघिल्लोपटक पनि राष्ट्रपतिको आकांक्षी थिए । केही समययता अध्यक्ष ओलीसँगको सम्बन्धमा चिसोपन बढेपछि उपाध्यक्ष वामदेव गौतम पनि खनाललाई राष्ट्रपति बनाउन लागेका छन् । उनले पार्टी बैठकमा खुलेरै खनाललाई समर्थन गर्ने बताइसकेका छन् ।

उता, प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबाट पुनः अवसर दिने ‘ग्रिन सिंग्नल’ पाइसकेकी राष्ट्रपति भण्डारी पनि सक्रिय बनेकी छिन् । उनले टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘लबिङ’ तीव्र पारेकी छिन् । खुला लबिङ गर्दा पदीय मर्यादामा आँच पुग्ने कुराप्रति सचेत देखिएकी भण्डारीले भित्र–भित्रै टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘क्याम्पेनिङ’ चलाएकी हुन् । उनी ओली र नेता माधवकुमार नेपालको सहयोगमा पुनः दोहोरिनेमा आश्वस्त छिन् ।

Advertisement

को–कति बलियो ?
यस्तो छ स्थायी समितिमा समीकरण

२६ जनाको स्थायी समितिमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, पदेन सल्लाहकार समिति अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी आमन्त्रित स्थायी समिति सदस्यको हैसियतमा मात्र छन् । वतर्मान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको समर्थन रहेकाले मतदानकै अवस्था सिर्जना भए उनको पक्षमा १० नेता उभिने स्थिति देखिन्छ ।

उता, खनालको पक्षमा पनि उपाध्यक्ष गौतमसहित १० सदस्य छन् । अर्का वरिष्ठ नेता नेपालनिकट अधिकांश नेता खनाललाई समर्थन गर्न तयार देखिएका हुन् । ‘एमालेभित्र राष्ट्रपति बन्न योग्य अन्य थुप्रै साथीहरू पनि हुनुहुन्छ, तर प्रधानमन्त्रीले पनि सम्मान गर्नसक्ने, दुईपटक पार्टी प्रमुख र एकपटक कार्यबाहक महासचिव भइसकेका खनाललाई योगदानका आधारमा सर्वसम्मत बनाइदिँदा धेरै उपयुक्त हुन्छ,’ खनालको पक्षमा खटिरहेका एक पदाधिकारीले भने ।

Advertisement

एमालेले नयाँ उठाए माओवादीले पुर्नविचार गर्ने
एमालेले भण्डारीको विकल्पमा नयाँ उम्मेदवार उठाएको अवस्थामा भने माओवादी केन्द्रले पनि पुनर्विचार गर्ने भएको छ । ‘अहिलेसम्म पार्टीमा छलफल पनि भएको छैन, प्रधानमन्त्री र पार्टी अध्यक्षबीच दुवै पदमा दोहर्याउने सहमति भइसकेकाले कसैले आकांक्षा देखाउनुभएको छैन,’ एक नेताले भने, ‘तर एमालेले राष्ट्रपतिमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको अवस्थामा भने पार्टीले पनि उपराष्ट्रपतिमा अर्को उम्मेदवारको निर्णय गर्न सक्छ ।’

माधव नेपाल निर्णायक भूमिकामा
राष्ट्रपतिको उम्मेदवारीबारे नेता नेपाल तटस्थ छन् । खनालले भेटेरै सहयोग मागे पनि उनी कतै खुलेका छैनन् । उनको सहयोग रहँदा सर्वसम्मत या मतदान, जुनसुकै प्रक्रियाबाट पनि खनालको पक्षमा निर्णय हुन सक्छ । तर, अहिले उनी ओलीलाई पनि चिढ्याइहाल्ने पक्षमा छैनन् । उता, निकट नेताहरू खनालको पक्षमा खुलेरै लागेका कारण पार्टीभित्र प्रभाव कायमै राख्न पनि नेपालले अन्तिममा खनाललाई सहयोग गर्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top