पहिलो बैठकमै प्रेम सुवालको नियमापत्ति

२१ फागुन ७४, मंगलबार

काठमाडौं – संघीय संसद्का दुवै सदनको मंगलबारको बैठकलाई दलका प्रतिनिधिले सम्बोधन गर्दै छन् । प्रतिनिधिसभाको बैठकमा एमाले नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् । राष्ट्रिय जनता पार्टी नेपालबाट सम्बोधन गर्ने नेताको टुंगो बिहानसम्म लाग्नेछ ।

संघीय संसद्को पहिलो अधिवेशन सोमबारबाट सुरु भइसकेको छ । संविधानको धारा ९३ अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ ।

पहिलो बैठकमै प्रेम सुवालको नियमापत्ति
सांसद प्रेम सुवालले पहिलो बैठकमै नियमापत्ति जनाएका छन् । ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि सिधै पारित गर्न बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि आफूले नियमापत्ति जनाएको सांसद सुवालले बताए । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘सर्वदलीय बैठकमा समेत हामीलाई निम्तो छैन । समानुपातिकतर्फ थ्रेसहोल्ड कटेन भन्दैमा दल नै छैन भन्न पाइँदैन । जनताले त मेरो पार्टीलाई नै भोट दिएर म संसद्मा प्रतिनिधित्व गर्न आएको हुँ ।’ आफूले अन्तरिम कार्यविधिबारे केही घन्टा छलफल गरौँ वा एकदिनपछि मात्रै कार्यविधि पारित गरौँ भनेर नियमापत्ति जनाएको सुवालले बताए । सुवालको नियमापत्ति भए पनि ज्येष्ठ सदस्य ठाकुरले नियम नै बनिनसकेको अवस्थामा नियमापत्ति गर्न नमिल्ने बताए ।

Advertisement

को हुन् सांसद सुवाल ?
उनी नेपाल मजदुर किसान पार्टीका सांसद हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद बनेका उनी प्रतिनिधिसभा निर्वाचनमा पार्टी अध्यक्ष बिजुक्छेको पुरानो गढ भक्तपुर–१ बाट निर्वाचित भएका हुन् । आफू चुनावी मैदानबाट बाहिर बसेर बिजुक्छेले सुवाललाई अगाडि सारेका थिए । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि नेमकिपाले राष्ट्रिय दलको मान्यता पाएन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top