महेश जाजुले सुनाए सफलता र संघर्षका कथा

१२ मंसिर ७६, शुक्रबार

१२ मंसिर, विराटनगर ।
अंग्रजी महिनाको अन्तिम बिहीबार विराटनगरमा हुने उद्यमशिलता विकाससंग सम्बन्धित कार्यक्रम ‘लास्ट थर्सडे’मा सफल उद्योगी महेश जाजुसँग प्रत्यक्ष संवाद गरिएको छ । बिकल्प एन अल्टरनेटिभ,मकालु टिभी, बिराटनगर इन्टरनेशनल कलेज, एनवाईईएफ बिराटनगर र होटल नमस्कारको आयोजनामा सञ्चालन हुँदै आएको सो कार्यक्रममा यस महिना एसियन थाई फुड्स प्रा. लि र जाजु ग्रुपका अध्यक्ष तथा सफल उद्यमी महेश जाजुसँग प्रत्यक्ष संवाद गरिएको हो ।

कपडापसल सञ्चालनदेखि लिएर हाल नेपालका एक सफल उद्योगी जाजुले आफ्नो व्यवसायिक जीवनको संघर्षका अनुभवहरु साटेका थिए । उनले आफ्ना अनुभव सुनाउँदै लगातार सात वर्ष व्यवसायले घाटा खाएपनि दृढसंकल्पका साथ अघि बढेपछि आफु यस स्थानमा आईपुगेको बताए ।

Advertisement

 

उनले आफुमा दृढसंकल्प भएन भने कुनै काम गर्न नसकिने बताए । ३ जना स्टाफबाट सुरु गरेको एसियन थाई फुड्समा हाल ४ सय ५० डिस्ट्रिब्युटर्स, २ सय ५० सेल्स पर्सन रहेको तथा अमेरिका, अष्ट्रेलिया र भारत लगायतका विश्वका ठूला देशमा पनि डिस्ट्रिब्युटर्सहरु रहेको उनले बताए । आफु नेपालबाट विश्वमा नै सफल उद्यमीको प्रतिनिधित्व गर्ने इच्छा रहेको बताउँदै वाह्य देशमा लगानी गर्ने बाटो खुल्ला गर्न सरकारलाई आग्रह गरिरहेको पनि जाजुले बताए ।

Advertisement

उद्यमीहरुको सफलताको कथा मध्यम आम नेपाली जनताहरुमा मेहेनत गरि यही देशमा गरि खान सकिन्छ भन्ने संदेश प्रवाह गर्ने उदेश्यका साथ सञ्चालन गरिँदै आएको सो कार्यक्रममा पूर्व क्षेत्रमा रहेका सफल उद्यमीहरुसंग नागरिकहरुको प्रत्यक्ष छलफल तथा अंतरकृया गराउने गरिन्छ । कार्यक्रमको मिडिया पार्टनर नेपाल टाईम्स डट नेट र आवर विराटनगर रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top