×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इलाम क्याम्पसकोे स्नातकोत्तर तह संकटमा

२२ फाल्गुन २०७४

इलाम, फागुन २२
विद्यार्थी संख्याको अभावमा इलाम सदरमुकाम स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्नातकोत्तर तह संकटमा परेको छ । दुई संकायमा पाँच विषय अध्यापन हुँदै आएको क्याम्पसको स्नातकोत्तर तहमा विद्यार्थी संख्या नपुगेपछी अन्यौल भएको हो ।

२०५९ बाट क्याम्पसले आन्तरिक श्रोेतबाट सुरु गरेको स्नातकोत्तर तहमा यस वर्ष १९ जना मात्र भर्ना हुन आएका छन् । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गरेपछि सो क्याम्पसमा अत्यन्तै न्युन मात्र विद्यार्थी भर्नाका लागि आएका हुन् ।

Advertisement
Advertisement

गत ५ फागुनमा मानविकी र शिक्षा संकायको स्नातकोत्तर कक्षाका लागि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षामा १९ जना सहभागी भएका थिए ।

जसमध्ये सबैभन्दा बढी शिक्षा संकायको अंग्रेजी विषयमा ११ जनाले प्रवेश परिक्षा दिई उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये पनि सबैको भर्ना हुने निश्चित छैन ।

गत वर्ष यो विषयमा ६५ जना विद्यार्थी भर्ना भएका थिए । सबै भन्दा कम शिक्षा संकायकै शैक्षिक योजना तथा व्यवस्थापन विषयमा एक जना मात्र आएका छन् ।

अघिल्लो वर्ष यस विषयमा ८० विद्यार्थी थिए । त्यसैगरी मानविकी संकायको ग्रामीण विकास विषयमा तीन, समाजशास्त्र विषयमा दुई र नेपाली विषयमा दुई जना विद्यार्थी मात्र प्रवेश परिक्षामा सहभागी भई उत्तीर्ण भएका छन् ।

अघिल्लो वर्ष ग्रामीण विकासमा एक सय १७, समाजशास्त्रमा ८२ र नेपालीमा ३६ विद्यार्थी भर्ना भएका थिए ।स्नातकोत्तरको कक्षा सञ्चालन गर्न एउटा विषयमा कम्तीमा १० जना विद्यार्थी हुनुपर्ने भएपनि अत्यन्तै थोरै मात्र विद्यार्थी प्रवेश परिक्षामा सामेल भएको सहायक क्याम्पस प्रमुख प्रेमप्रसाद लुईटेलले बताए ।

पटक–पटक उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत हुँदै आएको सो क्याम्पसको स्नातकोत्तर तह संकटमा परेपछि पढ्न चाहने विद्यार्थीलाई समस्या भएको छ । घरमा नै बसेर अध्ययन गर्न नपाएपछि प्रवेश परीक्षामा सामेल भई उत्तीर्ण धेरै विद्यार्थी निराश बनेका छन् ।

त्रिभुवन विश्व विद्यालयले यस पटकदेखि राजधानी बाहिर लागू गरेको सेमेस्टर प्रणालीका कारण समेत विद्यार्थीको उपस्थिति न्युन रहेको सहायक क्याम्पस प्रमुख लुईटेलको भनाई छ ।

स्नातक तहको नतिजाले पनि स्नातकोत्तरमा प्रभाव पारेको देखिएको छ । सेमेस्टर प्रणाली नहुँदा भर्ना गरेर नियमित कक्षामा नआए पनि फरक पर्दैन थियो । तर सेमेस्टर प्रणालीमा ८० प्रतिशत अनिवार्य उपस्थिति हुनुपर्ने छ ।

सेमेस्टरयस प्रणालीमा सातामा ४ दिन कक्षा सञ्चालन हुने १ दिन अध्ययन र १ दिन आन्तरिक परीक्षा गर्नुपर्ने प्रावधान छ । २ वर्षे मास्टर्स कार्यक्रमका लागि ४ सेमेसटर सञ्चालन हुन्छन् ।

आन्तरिक मूल्यांकनबाट विद्यार्थीले ४० र विश्वविद्यालयबाट सञ्चालित परीक्षाबाट ६० प्रतिशत अंकका लागि परीक्षामा समेल हुनुपर्ने हुन्छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरमा केही वर्षअघि नै लागू भएको सेमेसटर प्रणाली अघिल्लो वर्षदेखि राजधानीमा सुरु भएको थियो ।

यो वर्षदेखि उपत्यका बाहिर लागु भएको हो । सो क्याम्पसको स्नातक तहका चार वटा संकायमा १४ सय ७७ विद्यार्थी अध्ययनरत छन् । शिक्षा संकायमा चार सय ८६, मानविकी संकायमा तीन सय ६५, व्यवस्थापन संकायमा पाँच सय ११ र बागवानीतर्फ एक सय १५ विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।

Advertisement

अघिल्लो वर्षमा प्रतिविद्यार्थी वार्षिक १० हजार पाँच सयका दरले वार्षिक रकम संकलन गरेर मास्टर्स तह सञ्चालन हुँदै आएको थियो । सुरुवातमा मानविकी संकायको नेपाली विषयबाट स्नातकोत्तर अध्ययन, अध्यापन सुरु गरेको क्याम्पसमा २०६४/६५ देखि अन्य विषय थप गरिएको थियो ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top