किशोर विश्वकर्मा
विराटनगर, फागुन २२
ठुलो परिमाणको नेपाली रुपैयाँ सहित एक भारतीय नागरिकलाई मंगलबार विहान पक्राउ गरेको छ । मंगबार विहान ८ बजेको समयमा बिराटनगर–१५ स्थितमा जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेका भारत फारबीसगञ्ज–१ का ४५ वर्षिय नारायण शाहलाई नेपाली ४५ लाख रूपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
शाह द्यच् ज्ञज्ञ ब्ब् टद्दटछ नम्बरको कारमा नेपाल तर्फ आउदै गरेको अवस्थामा प्रहरीले चेकजांच गर्दा सिटमुनी लुकाई छिपाई राखेको अबस्थामा १ हजार दरका ३४ सय थान, ५ सय दरका २१ सय, र १ सय दरका ५ सय थान नोटसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका कार चालक, कार र नगद प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुण बिसिले जानकारी दिए ।