पाँचथरमा आगलागीबाट एक बृद्धको मृत्यु

१६ मंसिर ७६, मंगलबार

१७ मंसिर, पाँचथर । पाँचथरमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका ४ मेमेङका ७० बर्षीय टंकरानी थाम्सुहाङको आगलागीबाट मृत्यु भएको हो ।

Advertisement

सोमवार राती साँढे ११ बजे निजको घरमा खाना पकाउने चुलोबाट अचानक आगलागी भई बाँसको टाटी बेरा भएको १ तले कच्ची घरमा आगलागी हुँदा घर भित्र सुतिरहेकी बृद्धाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीको घटनाको विषयमा थप अनुशनधान भईरहेको पाँचथर प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top