NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

नेपालले राख्न लागेको स्याटेलाइटमा ओमनको विरोध

बुधबार मंसिर १८ , २०७६
Reading Time: 1 min read
A A
नेपालले राख्न लागेको स्याटेलाइटमा ओमनको विरोध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ मंसिर, काठमाडौँ ।
नेपालले राख्न लागेको स्याटेलाइटका कारण आफ्नो स्याटेलाइट प्रभावित हुने भन्दै ओमनले अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) प्रोटेस्ट हालेको छ । नेपालले राख्न लागेको स्याटेलाइटबाट ओमनले आफ्नो स्याटेलाइटको एउटा अंश प्रभावित हुने दाबी गरेको हो ।

ओमनले उक्त पत्र नेपाल सरकारलाई पनि पठाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ओमनले पत्र पठाएको जानकारी दिँदै वार्ताबाट समाधान हुने बताएका छन् । नेपालले राख्न लागेको स्याटेलाइटमा केयू र सी ब्यान्डसहित केए ब्यान्डको पनि राख्ने तयारी गरी आईटीयूलाई पत्र लेखिएको उनले जानकारी दिए । ‘हामीले आईटीयूलाई स्याटेलाइट राख्ने औपचारिक जानकारी गराएपछि आईटीयूले आफ्ना सदस्य राष्ट्रयलाई यसको विस्तृत विवरणसहित जानकारी गराएको थियो,’ खनालले भने, ‘ओमनले आफ्नो स्याटेलाइटको केए ब्यान्ड प्रभावित हुन्छ भन्दै पत्र पठाएको छ ।’

केए ब्यान्ड बढी ब्यान्डविथ दिन सक्ने शक्तिशाली मानिन्छ । यो विशेषगरी उच्च गतिमा डाटा ट्रान्सफरका लागि काम लाग्ने ब्यान्ड भनी पहिचान भएको छ । नेपाललाई कम्युनिकेसन स्याटेलाइट राख्नका लागि आईटीयूले १२३।३ पूर्वी देशान्तरको स्लट उपलब्ध गराएको छ । नेपालले यही स्थानमा स्याटेलाइट राख्नका लागि फ्रान्सको थ्यालस एलेनियासँग समझदारी गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुसभित्र स्याटेलाइट राख्नका लागि फ्रान्सेली कम्पनीसँग सम्झौता गर्ने तयारी गरेको छ ।

LS Auto

यसअघि स्याटेलाइट राख्ने स्थानमा लाओसले पनि विवाद जनाएपछि नेपाल र लाओसबीच वार्ता जारी छ । नेपाल सरकारले आफ्नो पहिलो स्याटेलाइट अन्तरिक्षमा पठाउने तयारी गरिरहँदा लाओसले अन्तर्राष्ट्रिय टेलिकम युनियन (आईटीयू) मा पत्र पठाएपछि यो विवाद सतहमा आएको हो ।

साउन तेस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा मन्त्रालयका सहसचिव राधिका अर्याल, दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायसहितको टोली लाओस पुगेर लाओससँग विवाद समाधानका लागि वार्ता गरेको थियो ।

सरकारले आफ्नै स्याटेलाइट राख्नका लागि फ्रान्स सरकारको स्वामित्व भएको थेल्स एलेनियासँग समझदारी गरिसकेको छ । फागुन अन्तिम साता भएको समझदारीमा तीन महिनाभित्र सम्झौता गर्ने भनिए पनि हालसम्म आईटीयूलाई स्याटेलाइट स्लटका लागि ‘फाइलिङ’ गर्ने बाहेक प्रगति भएको छैन ।

आईटीयूले नेपाललाई सन् १९८४ मै दुई स्थानमा स्याटेलाइट राख्न स्लट उपलब्ध गराएको थियो । नेपालले १२३.३ पूर्वी देशान्तरबाहेक ५० पूर्वी देशान्तरमा पनि स्याटेलाइट राख्नका लागि स्लट पाएको छ । योमध्ये १२३ं.३ पूर्वी देशान्तरमा मा स्याटेलाइट राख्न सरकारले तयारी गरेको हो । सरकारले नै गठन गरेको विज्ञ समूहले भने सरकारले राख्न लागेको स्याटेलाइटको स्लट परिवर्तनका लागि सुझाव दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको स्याटेलाइट रणनीतिसम्बन्धी अध्ययन प्रतिवेदनमा आईटीयूले उपलब्ध गराएको स्लटमा स्याटेलाइट राख्दा त्यसको फुटप्रिन्ट (प्रभाव क्षेत्र) नेपालमा मात्रै केन्द्रित हुने भन्दै परिवर्तनका लागि सुझाव दिइएको हो ।

आईटीयूले दिएको स्लटमा सन् २०१५ भित्रमा स्याटेलाइट राखिसक्नुपर्ने भए पनि नेपालले अनुरोध गर्दै समय थप्न लगाएको थियो । नेपालले राख्ने तयारी गरेको स्याटेलाइटमा ३८ वटा ट्रान्सपोन्डर राख्न सकिने प्रतिवेदनमा जनाइएको छ । हरेक ट्रान्सपोन्डरमा ३६ मेगाहर्ज ब्यान्डविथ हुने अनुमान छ । पूर्ण रूपमा उपयोग भए प्रतिट्रान्सपोन्डर प्रतिवर्ष १० लाख अमेरिकी डलर आम्दानी गर्न सकिने प्रतिवेदनमा औंल्याइएको छ ।

इन्टरनेट ब्यान्डविथ र टेलिभिजन प्रसारणका लागि नेपालका कम्पनीहरू भारत, चीन, बेलायत र हङकङको स्याटेलाइटमार्फत नेपालले यी सेवाहरू लिइरहेका छन् । (कान्तिपुरबाट)

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.