क्याम्पभित्रै भारतीय प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ६ जवानको मृत्यु

१९ मंसिर ७६, शुक्रबार

एजेन्सी, मंसिर १९
भारतको छत्तिसगढस्थित नारायणपुर जिल्लामा रहेको एक क्याम्पमा गोली हानाहान हुँदा ६ जवानको मृत्यु भएको छ । अरु दुईजना घाइते छन् ।

तिब्बतसँगको सीमा प्रहरी बलको क्याम्पमा यस्तो घटना भएको हो । घटना भएको उक्त क्षेत्र माओवादी प्रभावित क्षेत्र हो । मसुद उल रहमान नामका जवानले गोली चलाएको जिल्लाका एसपी मोहित गर्गलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाएको छ । रहमान पश्चिम बंगालका स्थायी बासिन्दा हुन् ।

स्थानीय मिडियाका अनुसार बटालियनभित्र विवादपछि रहमानले स्वचालित हतियार अन्धाधुन्ध चलाएका थिए । गोली प्रहारको कारण अझै खुलेको छैन भने गोली प्रहारपछि रहमानले आफैँलाई पनि गोली हानी आत्महत्या गरेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top