×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कप्तान अरुणा शाही सम्मानित

२९ मंसिर २०७६

२९, मंसिर, पोखरा ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् ।

अरुणालाई शनिबार राति टाइगर ग्रुप अफ पोखराले नगद १ लाख रुपैयासहित सम्मानित गरेको हो । सम्मान समारोहमा ज्ञानुबाबा स्कुल, पोखराका भलिबल प्रशिक्षक र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement

सम्मानित भएपछि अरुणाले यो सम्मानले खेलमा झनै लाग्न प्रेरित गर्ने बताएकी छिन् । अरुणाकै कप्तानीमा नेपालले नेपाली भलिबल इतिहासमा ऐतिहासिक सफलता हात पारेको थियो ।

नेपालले कात्तिक अन्तिम साता बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा च्याम्पियन बन्दा अरुणाले नेपाली टोलीको कप्तानी गरेको थियो । जुन नेपाली भलिबल इतिहासकै पहिलो उपाधि हो ।

अरुणाकै कप्तानीमा नेपाली महिला भलिबल टोलीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जित्न सफल भएको थियो ।

Advertisement

फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएपछि च्याम्पियन बन्नबाट चुकेको थियो । अरुणाले सेन्ट्रल जोनबाटै नेपाली महिला भलिबल टोलीको कप्तानी सम्हालेकी थिइन् ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top